२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

७ फाल्गुन २०८०, सोमबार ०६:१६

फागुन ७, मोरङ | मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् ।

उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर किशोरीको उद्धार गरेको थियो । उद्धार गर्दै उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको पत्ता लागेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी उनी गाईगोठमा पुगेकि थिइन् । त्यसअघि प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेको खुलेको छ । घटनामा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको दाहालले बताए । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ । किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ । उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन् । पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन ।

उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको दाहालले बताए । उनका अनुसार अहिलेसम्म घटनामा एकजनाको मात्रै संलग्नता देखिएको छ । अनुसन्धानबाट अरुको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । घटनासँग सम्बन्धित अरु विषय अनुसन्धानपछि यकिन हुने जानकारी दाहालले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठ) गलत गतिविधि नसच्याए सरकारविरुद्ध सडक र सदनबाट सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड ‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा बेपत्ता बुढाथोकी एक सातापछि कावेली खोलामा मृत भेटिए पोखराले गुमायो दोस्रो विकेट, पावर प्लेमा जोड्यो ५२ रन रास्वपाका नेताहरुविरुद्धको अवहेलना मुद्दामा मंगलबार सुनुवाइ हुँदै रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रतिपक्षी दलका नेता बोल्नु बेठिक : गृहमन्त्री लेखक