१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्स्पेक्टरका बडीगार्ड र सेवाग्राही नै घाइते हुने गरी कसरी चल्यो बलम्बु प्रहरी प्रभाग भित्रै गोली?

७ फाल्गुन २०८०, सोमबार ०७:१७

फागुन ७, काठमाडौँ |  आइतबार दिउँसो ४ बजेतिर प्रहरी प्रभाग बलम्बु भित्रै गोली चल्यो। प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चल्दा उनका बडीगार्ड र एक जना सेवाग्राही घाइते भएका थिए।

बडीगार्डको खुट्टामा चोट लागेको र सेवाग्राहीको खुट्टाको बुढीऔंलामा चोट लागेको थियो। दुवै जनाको अवस्था सामान्य रहेको र हाल सतुंगलस्थित मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरी कार्यालय भित्रै इन्स्पेक्टरले बोकेको पेस्तोबाट कसरी चल्यो भन्नेबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले चलानी नम्बर ४२३२ र मिति २०८०–११–०६ को पत्रादेश अनुसार सुरक्षा योजना अनुसार इन्स्पेक्टर श्रेष्ठ माइतीघर मण्डलामा ड्युटीमा खटिएका थिए।

हिजो माघ ६ गते उनी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघर मण्डलामा ड्युटीमा थिए। ड्युटी सकिएपछि उनी आफ्नो कार्यालय प्रभाग बलम्बुमा फर्किएका थिए। ड्युटीबाट फर्किएपछि आफ्नो साथमा रहेको टाइप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाएका थिए। 

उक्त हतियार (पेस्तोल) पुरानो मोडलको भएकाले अर्को टाइपको कुनै छोटो हतियार छ भने ल्याउनु भनी इन्स्पेक्टर श्रेष्ठले मागेका थिए। त्यसपछि जिन्सी शाखाले जिन्सी आम्दानी खातामा बाँधिकएको सिएफ–९८ नं. ००१२७४०८२३६ पेस्तोल र सोही पेस्तोलको १५ राउण्ड गोली लोड भएको १ थान म्यागजिन सहितको पेस्तोल इन्स्पेक्टर श्रेष्ठलाई दिएको थियो।

उक्त पेस्तोल बुझाउँदा पेस्तोलको सेफ्टिक्याच ‘आर’ मा भएको कक गरेरे सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात फायर भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

त्यतिबेला पेस्तोलको नोजल भुँइतर्फ फर्केकाले ठूलो दुर्घटना हुनबाट जोगिएको पाइएको छ। पेस्तोलको नोज भुँईतर्फ फर्काई निरीक्षण चेकजाँच गरिरहेको हुँदा पेस्तोलबाट फायर भुँईतर्फ फायर भएको थियो। सो क्रममा ९ एमएमको १ राउण्ड गोली मुल ढोका अगाडि भुईँमा रहेको मार्वलमा लागेको थियो।

गोली मार्बलबाट उछिट्टिएर ढोकासँगै रहेको ड्युटी अधिकृत कक्षको टेबलको प्लाईको बारमा लागि रिवर्स भएको थियो। रिर्वस भएको उक्त गोली इन्स्पेक्टरका बडीगार्डको  प्रहरी जवानको बाँया खट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।

ड्युटी अधिकृत कक्षसँगै रहेका सेवाग्राहीको खट्टाको बुढीऔंलामा समेत राउण्डको टुक्रा लागेको थियो। रिवर्स भएको गोली लागेर सामान्य घाइते भएका उनीहरुको अहिले उपचार भइरहेको छ। यता इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर टेकु तानेर छानबिन सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ