१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोस

७ फाल्गुन २०८०, सोमबार ०८:११

फागुन ७, भारत | भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै अनौठो घटना सार्बजनिक भएको छ ।

कामारेड्डी अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना ४३ वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोस भए ।

हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्चोमा गहिरो गरी टोकेको थियो । मुसाले बिरामीलाई टोकेको बारेमा कुरुवाले डाक्टरलाई जानकारी गराएका थिए ।

उनको यसअघि हैदरावादस्थित अस्पतालमा शल्यक्रिया भएको थियो र मुसाले टोक्ने घटना भएको एक हप्ताअघि मात्रै उनी कामारेड्डी अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।


यो घटनापछि अस्पताल प्रशासनले त्यस बारेमा अनुसन्धान सुरु गरेको छ र वरिष्ठ स्वास्थ्य अधिकारीहरुले अस्पतालको निरीक्षण गर्नुका साथै बिरामीलाई पनि भेटेका छन् ।

साथै कर्मचारीहरुको लापरबाहीका कारण सो घटना भएको भन्दै जिम्मेवार कर्मचारीहरुलाई अनुशासनको कारबाही गर्ने पत्र पनि काटिएको छ ।

प्रारम्भिक छानबिनका क्रममा आईसीयू कक्षसँगै डाइलाइसिस युनिटको मर्मत सम्भार भैरहेको र सो क्रममा भत्काइएको क्षेत्रबाट मुसा प्रवेश गरेको पाइएको छ ।

अधिकारीहरुका अनुसार बिरामीका कुरुवाहरुले बिरामीको बेडकै छेउमा तथा अस्पताल परिसरमा यत्रतत्र खानेकुराहरु फाल्ने गरेका कारणले गर्दा मुसाको आतंक बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ