२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोस

२०८०, ७ फाल्गुन सोमबार ०८:११

फागुन ७, भारत | भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै अनौठो घटना सार्बजनिक भएको छ ।

कामारेड्डी अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना ४३ वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोस भए ।

हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्चोमा गहिरो गरी टोकेको थियो । मुसाले बिरामीलाई टोकेको बारेमा कुरुवाले डाक्टरलाई जानकारी गराएका थिए ।

उनको यसअघि हैदरावादस्थित अस्पतालमा शल्यक्रिया भएको थियो र मुसाले टोक्ने घटना भएको एक हप्ताअघि मात्रै उनी कामारेड्डी अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।


यो घटनापछि अस्पताल प्रशासनले त्यस बारेमा अनुसन्धान सुरु गरेको छ र वरिष्ठ स्वास्थ्य अधिकारीहरुले अस्पतालको निरीक्षण गर्नुका साथै बिरामीलाई पनि भेटेका छन् ।

साथै कर्मचारीहरुको लापरबाहीका कारण सो घटना भएको भन्दै जिम्मेवार कर्मचारीहरुलाई अनुशासनको कारबाही गर्ने पत्र पनि काटिएको छ ।

प्रारम्भिक छानबिनका क्रममा आईसीयू कक्षसँगै डाइलाइसिस युनिटको मर्मत सम्भार भैरहेको र सो क्रममा भत्काइएको क्षेत्रबाट मुसा प्रवेश गरेको पाइएको छ ।

अधिकारीहरुका अनुसार बिरामीका कुरुवाहरुले बिरामीको बेडकै छेउमा तथा अस्पताल परिसरमा यत्रतत्र खानेकुराहरु फाल्ने गरेका कारणले गर्दा मुसाको आतंक बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति