१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

७ फाल्गुन २०८०, सोमबार ११:५३

फागुन ७, चितवन | राप्ती नगरपालिका-३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकमा लुकाई छिपाई राखेको ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सोही ट्रकका चालक रमेश नाथ र ना.३ ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरेको हो । हाल फरार ना.३ ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मकवानपुरकाे  राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब ७० किलो ६ सय ग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन् ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो । साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ