१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक (भिडिओ)

८ फाल्गुन २०८०, मंगलवार ०८:५०

फागुन ८, काठमाडौं | नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म 'अपरेशन भ्यालेन्टाइन' को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ।


सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सले निर्माण गरेको फिल्म पुलवामा आक्रमण र त्यसपछि भएको बालाकोट एयर स्ट्राइकमा आधारित छ।

शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्ममा वरूण तेज र मानुषी छिल्लरको मुख्य भूमिका छ। फिल्मको कथा शक्तिप्रताप सिंह हाडा, आमिर खान र सिद्धार्थ राज कुमारले लेखेका हुन्। 

हरि के भेदान्तमले छायांकन गरेको फिल्मलाई नविन नूलीले सम्पादन गरेका छन्। फिल्मका लाइन प्रोड्युसर फुर्वा शेर्पा हुन्। उनका अनुसार यो फिल्म लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोकको जुगल हिमाल र परिधिमा छायांकन गरिएको थियो ।

अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट नेपालको सबै दृश्य खिचिएको हो।

तेलुगु, तलिम, मलयालम, कन्नड र हिन्दी भाषामा यो फिल्म मार्च १ अर्थात फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ