१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वयम्भूमा श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् फरार

९ फाल्गुन २०८०, बुधबार ०६:२८

फागुन ९, काठमाडौँ |  काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो।

हत्या भएकामा सात-आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन्।

'घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,' उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो। 

घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ। घटनापछि उनी फरार भएका छन्।

उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ