दिमागमा चिप राखेको मानिस सोचेरै कम्प्युटरको माउस चलाउन सक्षम: एलन मस्क

Posted on: 21 Feb, 2024

फागुन ९, काठमाडौँ | मस्तिष्कमा चिप राखेका बिरामीले सोचेरै कम्प्युटरको माउस चलाउन सकेको न्युरालिंक कम्पनीका मालिक एलन मस्कले बताएका छन् ।

पक्षघात भएका मानिसलाई काम गर्नसक्ने र आँखाको ज्योति गुमाएका मानिसको ज्योति पुर्नस्थापित गर्ने लक्ष्यसहित मस्कले न्युरालिंकको स्थापना गरेका थिए ।

गत वर्ष अमेरिकी सरकारबाट अनुमति पाएपछि केही महिनाअघि एक बिरामीको दिमागमा न्युरालिंकले पहिलो परीक्षणात्मक चिप राखेको थियो । तीनै व्यक्तिले अहिले सोचेकै भरमा माउस नियन्त्रण गर्न सकेको मस्कले सोमबार बताएका हुन् ।

“प्रगति राम्रो छ । बिरामी पूर्ण निको भएको जस्तो देखिएको छ, कुनै गलत असर देखिएको छैन । केवल सोचेर नै स्क्रिन वरिपरि माउस घुमाउन बिरामी सक्षम छ,” मस्कले सामाजिक सञ्जाल एक्सको एक स्पेस इन्भेन्टमा भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!