१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आत्महत्या अघि सालोलाई फोन गरी राजुले भनेका थिए ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’

९ फाल्गुन २०८०, बुधबार ०७:३३

फागुन ९, काठमाडौँ | स्वयम्भूनजिकै सितापाइलामा तीनजनाको हत्या गरेर श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

बुधबार बिहान ६ बजेतिर ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया शिवानीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलबाट प्रहरीले ह्याम्र फेला परेको छ । शिवानी नातिनी भएको प्रहरीले बताएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार राजुले सालोलाई फोन गरेर ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’ भनेका थिए ।

सोलुखुम्बु घर भएका उनीहरू त्यहाँ भुइँतलामा भाडामा बस्दै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका थिए ।

घटनाको अनुसन्धान जारी रहेको भन्दै कारण खुलिनसकेको प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ