२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३ जनाको हत्याअघि राजुले छोरालाई पठाएका थिए तरकारी किन्न

२०८०, ९ फाल्गुन बुधबार ०८:५५

फागुन ९, काठमाडौँ | सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई ​काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने ५१ वर्षीय राजु घिमिरेले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेको खुलेको छ ।

बुधवार बिहान उनले सँगै बस्दै आएका १५ वर्षीय छोरा अनिश श्रेष्ठलाई तरकारी किन्न पठाएर उनीहरूको हत्या गरेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

'उनले आफ्नो छोरालाई यहाँ नजिकैको पसलबाट हैन, चोकमा पुगेर तरकारी लिएर आइज भनेर पठाएका रहेछन्', ती अधिकारीले भने ।

त्यसपछि उनले तीनै जनाको हत्या गरेर आफ्नो फोनमा भिडियो खिचेर अनिशलाई पठाएका प्रहरीले जनाएको छ ।

काठमाडौंको सीतापाइलामा बुधवार बिहान ३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।​

राजुको शव भने घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पारिवारिक झगडाका कारण उनले श्रीमती, छोरी र नातिनीको हत्या गरे आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति