नेप्से परिसूचक ७.८३ अंकले घट्यो

Posted on: 21 Feb, 2024

फागुन ९, काठमाडौँ |  नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!