२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सितापाइला हत्याकान्ड- बलात्कारपीडित थिइन् मृतक ईश्वरी, ९ दिनअघि मात्र छुटेका थिए आरोपी

२०८०, ९ फाल्गुन बुधबार १०:२२

फागुन ९, काठमाडौँ | सितापाइलामा बुधबार बिहान भएको सामूहिक हत्याकान्डकी मृतक ईश्वरी श्रेष्ठ बलात्कारपीडित भएको खुलेको छ । उनलाई बलात्कार गर्ने आरोप लागेका व्यक्ति फागुन १ गतेमात्र धरौटीमा छुटेका थिए ।

बुधबार बिहान ३९ वर्षीय ईश्वरी, उनकी ८ वर्षीया छोरी अनिषा र २ वर्षीया नातिनी सिवानी हत्या गरिएको अवस्थामा भेटिएका थिए । ईश्वरीका श्रीमान् राजु घिमिरे भने नजिकैको नागार्जुन जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।


प्रहरीका अनुसार घिमिरेले तीनजनाको हत्या गरेपछि ससुरालीमा फोन गर्दै आफूले हत्या गरेको र मर्न लागेको जानकारी दिएका थिए। त्यसपछि खोज्दै जानेक्रममा हत्या भएको स्थानभन्दा करिब ३ किलोमिटर दुरीमा रहेको जङ्गलको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

ईश्वरीमाथि बलात्कार गरेको आरोप लागेका ५१ वर्षीय पुरुषलाई अदालतले ५ लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको बुझिएको छ ।

प्रहरीका अनुसार बलात्कार भएको भनिएको करिब २ महिनापछि प्रहरीमा जाहेरी परेको थियो। जाहेरीपछि स्वयम्भु प्रहरी वृत्तले आरोपीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति