१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सितापाइला हत्याकान्ड- बलात्कारपीडित थिइन् मृतक ईश्वरी, ९ दिनअघि मात्र छुटेका थिए आरोपी

९ फाल्गुन २०८०, बुधबार १०:२२

फागुन ९, काठमाडौँ | सितापाइलामा बुधबार बिहान भएको सामूहिक हत्याकान्डकी मृतक ईश्वरी श्रेष्ठ बलात्कारपीडित भएको खुलेको छ । उनलाई बलात्कार गर्ने आरोप लागेका व्यक्ति फागुन १ गतेमात्र धरौटीमा छुटेका थिए ।

बुधबार बिहान ३९ वर्षीय ईश्वरी, उनकी ८ वर्षीया छोरी अनिषा र २ वर्षीया नातिनी सिवानी हत्या गरिएको अवस्थामा भेटिएका थिए । ईश्वरीका श्रीमान् राजु घिमिरे भने नजिकैको नागार्जुन जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।


प्रहरीका अनुसार घिमिरेले तीनजनाको हत्या गरेपछि ससुरालीमा फोन गर्दै आफूले हत्या गरेको र मर्न लागेको जानकारी दिएका थिए। त्यसपछि खोज्दै जानेक्रममा हत्या भएको स्थानभन्दा करिब ३ किलोमिटर दुरीमा रहेको जङ्गलको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

ईश्वरीमाथि बलात्कार गरेको आरोप लागेका ५१ वर्षीय पुरुषलाई अदालतले ५ लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको बुझिएको छ ।

प्रहरीका अनुसार बलात्कार भएको भनिएको करिब २ महिनापछि प्रहरीमा जाहेरी परेको थियो। जाहेरीपछि स्वयम्भु प्रहरी वृत्तले आरोपीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ