२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकामा जुवा खेलाउने नेपाली पक्राउ

२०८०, १० फाल्गुन बिहीबार ०५:२९

फागुन १०, काठमाडौं | अमेरिकामा जुवा खेलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैलेन्द्र कुमार मानन्धर छन् । उनलाई फेब्रुअरी ११ मा पक्राउ गरिएको हो । उनलाई टेक्सस प्रहरीले पक्राउ परेको हो ।

उनको पक्राउका चार कारण खुलाइएको छ । जसमा संस्थागत अपराध, जुवा प्रवर्द्धन, जुवा अड्डा सञ्चालन, जुवा उपकरण तथा औजारहरूको बरामद लगायत रहेका छन् ।


टेक्सस राज्यको टेरन्ट काउण्टीमा पक्राउ परेका उनको विवरण अहिले अमेरिकाको पक्राउ परेकाहरूको जानकारी राख्ने पोर्टल मगसट्स जोनमा सार्वजनिक भएको छ ।

अमेरिकामा बस्ने नेपालीहरूका अनुसार पछिल्लो समयमा अनधिकृत रूपमा जुवा खेलाउनेहरू पक्राउ पर्न धालेका छन् । यिनीहरूको गिरोहले नेपाली विद्यार्थीलाई लक्षित गरेर खेलाउँदै आएका छन् ।

जुवा खेलाउनेहरूले नेपाली विद्यार्थीलाई जुवाको एजेण्डाको रूपमा दुरुपयोग गरिरहेका छन् । या घटनालाई नजिकबाट हेरेका अमेरिकाका नेपाली अगुवा प्रसन्न संग्रौलाले नेपालमा पक्राउ परेका हुण्डिवाज र यिनीहरूको सिधा सम्बन्ध हुनसक्ने उनले बताए ।

उनले भने, नेपालमा अभिभावकहरुले पनि आफ्ना छोराछोरीले कसरी खर्चबर्च मिलाइरहेका छन् भनेर गहिरिएर सोच्न यो घटनाले सबक सिकाएको छ । यो गम्भीर विषय हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति