१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चैत १ गते काठमाडौंमा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने

१० फाल्गुन २०८०, बिहीबार १०:१९

काठमाडौं, १० फागुन । राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न  जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।


बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा बिशेष जोड दिए ।

थापालेआन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आबश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपूर्वक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सिमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आवश्यकता भएको थापाको भनाई थियो ।

बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरु तथा केन्द्रीय पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरु गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ