२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल ‘ए’ टीमलाई हराउँदै क्यानडाले जित्यो एकदिवसीय सिरिज

२०८०, १० फाल्गुन बिहीबार १०:२३

फागुन १०, काठमाडौँ | नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले ५८ र आरोन जोन्सनले ४२ रनको योगदान दिए ।


यसअघि मुलपानी क्रीकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको थियो ।

नेपालका लागि अशुन्तोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए । शेर मल्ल र शाहब आलम शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।

बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए । कलिम साना र साद बिन जफरले १–१ विकेट लिए।

यससँगै ३ खेलको एकदिवसीय सिरिज २–१ ले क्यानडाले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति