१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुनरावेदनमा सन्दीप लामिछानेको दलिल– नियत त्यस्तो भए नगरकोटमै होटल बुक गर्थें होला

११ फाल्गुन २०८०, शुक्रबार ०९:१९

फागुन ११, काठमाडौँ | काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । पुनरावेदनमा लामिछानेले पीडित भनिएकी ‘गौशाला २६’ले दिएका केही बयानलाई नै आधार बनाएर आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

गौशाला–२६ ले बकपत्रमा ‘बोजिनी रिसोर्ट नगरकोट बस्दा पटकपटक होटलको स्टाफ आई मेरो प्रतिवादीसँग भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर समेत भनेका थिए भन्ने व्यहोरा उल्लेख भएको छ’ भनेको जिकिर गर्दै सन्दीपको पुनरावेदन निवेदनमा दलिल गरिएको छ, ‘यदि प्रतिवादीको रात बस्ने योजना र नियत भएको भए पटकपटक होटलको स्टाफ आई भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर सोधेको प्रश्न उत्तरमा नगरकोटमा नै रुम बुक गर्थें होला ।’

त्यस कारण पनि प्रतिवादीको योजना र नियतले होइन, गौशाला–२६ कै योजना तथा आग्रहमा काठमाडौँ इन होटलको रुम बुक गरी बसेको देखिने पुनरावेदनमा जिकिर छ ।

‘एक पक्षले आरोप लगाएको छ र आरोप खेप्ने पक्षले आरोप इन्कार गर्दछ भने कुन पक्षको भनाइमा एकरुपता, सत्यता र इमानदारिता छ भन्ने कुरा सम्मानित अदालतले परीक्षण गर्नुपर्ने हुन्छ,’ सन्दीपको पुनरावेदनमा भनिएको छ, ‘सम्मानित अदालतले एकरुपता, सत्यता र इमानदारिता पक्षहरुले तथ्यको विषयमा उल्लेख गरेका अन्य कुरा एवं उपलब्ध प्रमाणको आधारमा परीक्षण गर्नुपर्ने कुरालाई प्राथमिकता नदिइ अनुमानका आधारमा गरेको फैसला पुनरावलोकन हुन आवश्यक छ ।’

सन्दीपले जिल्ला अदालतले बिना ठोस आधार कारण मागदाबी नै नरहेको विषयलाई आधार मानेर मनोगत तथा स्वेच्छा प्रयोग गरी अदालतबाट स्वविवेकीय अधिकारको गलत प्रयोग गरी गरेको निर्णय खारेज हुनुपर्ने मागसमेत गरेका छन् ।

‘सँगै कोठामा जाने, प्रतिवादीको गाडीको पछाडिबाट स्न्याप भिडियो खिच्ने, सेल्फी खिचेर पठाउने, वारदात भएको भनिएको मिति पछाडि एक हप्तासम्म प्रतिवादीको नाम लेखिएको जर्सी लगाएर क्रिकेट हेर्ने, खुसीले उमङ्ग हुने, होहल्ला गर्ने, खुसी साटासाट गर्ने जस्ता आचरणले जबर्जस्ती करणी भएको पुष्टि गर्दैन,’ सन्दीपको पुनरावेदन निवेदनमा भनिएको छ, ‘करणी भएको कल्पनासमेत गर्न सकिँदैन । तसर्थ, कोठामा सँगै बस्नु भनेको बलात्कार गर्नु होइन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ