कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  क"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुदा सेवाग्राही मर्कामा

३ कार्तिक २०७३, बुधबार १५:०९

कमल सुबेदी | कात्तिक ३, पोखरा |  


कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  कार्यकारी  अधिकृत लोक बहादुर भन्डारीको  गत असोजको पहिलो हप्तानै सरुवा भएपनि नयाँ कार्यकारी अधिकृत नआउँदा दिनहँु सयौ सेवाग्राही मर्कामा पर्ने गरेका  छन् ।लेखनाथ नगरपालीकाको कार्यकारी प्रमुखका रुपमा नवलपरासीका स्थानिय विकास अधिकारी लाल कृष्ण शर्माको सरुवा भएनि उनि हाजिर नहुँदा नगरपालीको प्रशासनिक काम बाहेक अन्य सम्पुर्ण काम ठप्प भएका छन् ।

सरुवा भएको महिनौ बित्दा पनि  कार्यलय प्रमुख कार्यालयमा उपस्थिति नभएपछि  कामकारबाही प्रभावित भएको छ । यता भने लेखनाथ नगर पालीकाका कानुनी अधिकृत राममणि अधिकारीले कार्यालय प्रमुख नहुदा काममा असर परेको स्विाकार गरे । आर्थिक काम, सामाजिक सुरक्षा भत्ता र नक्सा पासको काम रोकिएको उनले  जानाकारी दिए । प्रशाशनिक काम भने नरोकिएको अधिकारीको भनाई छ  । यता बृद्धबृद्धाहरुले चाडवाडको समयमा पनि  सामाजिक सुरक्षा भत्ता लिन नपाएकोमा  दुखेसो ब्यक्त गरेका छन् ।

नगरपालीका स्रोतले दिएको जानाकारी अनुसार राज्यको पुर्नसंरचना समितिको संयोजकमा जिल्लाका स्थानिय विकाश अधिकारी संयोजक रहने र लेखनाथ नगरपालीकामा सरुवा भएर आउने कार्यकारी अधिकृतले नवलपरासीको संयोजकको रुपमा काम गरिरहेकोले हाजिर हुन मन्त्रालयले नै रोकेको हो । सिमांकन सम्बन्धी काम देशैभरी  नसकिएकोले  मन्त्रालयले केहि महिना  रोकेका कारण  लेखनाथ नगरपालीका कार्यलय प्रमुख विहिन भएको छ  । 

कार्यलय प्रमुख नहुदा कार्यालयले बर्षेनि दशै र तिहार भन्दा अगाडी नै बर्खाको समयमा बिग्रिएका सडकहरु मर्मत गर्ने गरेको भएपनि यो वर्ष लेखनाथका अधिकांश ग्रामिण सडकहरु मर्मत हुन सकेनन् । नगरपालीकामा सडक मर्मतका दर्जनौ निवेदन परेपनि कार्यालय प्रमुखको अभावमा  रकम निकासा हुन नसक्दा चाडपर्वका बेला पनि  ग्रामिण क्षेत्रका जनताले जोखिमपुर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता