१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित

१२ फाल्गुन २०८०, शनिबार १०:५१

फागुन १२, धनगढी | यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन्। 

कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो।

आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले नगद् १० हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन्।

डोटेली भाषा र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ। 

यो पुरस्कार सुदूरपश्चिमका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले स्थापना गरेका हुन्।

भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चारकर्ममा सक्रिय छन्। उनी लगायतले रेडियो नेपालमा डोटेली भाषाको समाचार र कार्यक्रम प्रसारणको सुरुवात गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ