इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ  | इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।


तर निर्वाचनमा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो । खड्काले हारेको नभएर २०७९ को निर्वाचनमा कम्पाट पाएको ठहर गर्दे कांग्रेसले खड्कालाई नै टिकट दिने भएको कांग्रेस उच्च स्रोतको भनाइ छ ।

सभापति शेरबहादुर देउवा नजिकका कांग्रेस एक पदाधिकारीले खबरहबलाई भने, ‘उहाँ अनुभवी युवा र कम्पाट पाएको मान्छे हो । पहिला पनि हारेको होइन । त्यो कारण सभापति र अन्यले पनि तयारी गर्नुहोस् भन्नु भएको छ रे ।’

कांग्रेसका अनुसार उनलाई महासमिति बैठकका बेला पनि सभापति देउवाले उनलाई सम्पूर्ण तयारी गर्न आदेश नै दिएको ती नेताको भनाइ छ । अर्का कांग्रेस नेताले भने, ‘कुनै नाटकीय परिवर्तन नभए खड्का कन्फर्म हो ।’

उसो त कांग्रेसबाट डम्बरसँगै टिकटको आंकाक्षा राख्नेमा नगेन्द्र कुमाल, भेषराज आचार्य, केशव थापालगायत छन् । यसमध्ये कुमाल भने खड्काभन्दा जुनियर हुन् ।

केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए ।

यो पटक खड्कालाई नै अवसर दिने कांग्रेसको योजना छ । यता एमालेले भने स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिने संकेत गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!