१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालको लगातार खराब ब्याटिङपछि प्रशिक्षक मन्टी देसाईले के भने ?

१३ फाल्गुन २०८०, आईतवार १२:२४

फागुन १३, काठमाडौँ  | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मन्टी देसाईले विश्वकप लिग-२ अन्तर्गतको पहिलो श्रृंखलामा घरेलु टोलीको कमजोर ब्याटिङपछि ‘ब्याट्सम्यानशिप’को आवश्यकताबारे बोलेका छन् ।

‘जब तपाईं स्तरीय टोलीविरुद्ध चुनौतीपूर्ण सर्फेसमा खेल्दै हुनुहुन्छ भने तपाईं ब्याटलमा रहिरहनु पर्छ । ब्याट्सम्यानशिप भनेको आर्ट हो । त्यहाँ तपाईंले प्रस्तुत गर्ने स्किलले ठूलो भूमिका खेल्छ । ब्याटलमा रहिरहन आँट र हिम्मत चाहिन्छ’, पहिलो श्रृंखलाका तीन खेलमा हारेपछि प्रशिक्षक मन्टी देसाईले आइतबार पोस्ट म्याच कन्फेरेन्समा भने ।


उनले नेपाली ब्याट्सम्यानले एउटै गल्ती पटक पटक दोहोर्‍याएको बताए । ‘हामीले गल्तीबाट सिक्नुपर्छ, त्यसलाई दोहोर्‍याउनु हुँदैन । कप्तानले पनि यही भन्दै थिए । हामीले त्यही खेल फेरि दोहोर्‍यायौं’, देसाईले भने ।

विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय व्यहोर्‍याे ।

पराजित भएका सबै खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने जिम्मा पाएको थियो । यो श्रृंखलामा टस जित्ने सबै टोलीले पहिला बलिङ रोजेका थिए । नामिबियाले मात्र एक खेलमा टस हारेर खेल जितेको थियो । नेपाली टोलीले राम्रो सुरुवात गरेर पनि त्यसलाई पछिसम्म कायम राख्न सकेन । आशा गरिएका ब्याट्सम्यान अधिकांशले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

‘घरेलु मैदानमा हार्दा मन दु:ख्छ । तर, यदि तपाईं नम्बर एक एसोसिएट बन्ने लक्ष्य राखिरहनु भएको छ भने अवे गेमहरु पनि उत्तिकै राम्रो खेल्नुपर्छ’, देसाईले भने ।

टोलीले हारेपछि मन्टी आफैं कप्तानलाई लिएर पोस्ट म्याच कन्फेरेन्समा आउने गरेका छन् । तर, आइतबार भने मन्टी एक्लै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ