२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालको लगातार खराब ब्याटिङपछि प्रशिक्षक मन्टी देसाईले के भने ?

२०८०, १३ फाल्गुन आईतवार १२:२४

फागुन १३, काठमाडौँ  | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मन्टी देसाईले विश्वकप लिग-२ अन्तर्गतको पहिलो श्रृंखलामा घरेलु टोलीको कमजोर ब्याटिङपछि ‘ब्याट्सम्यानशिप’को आवश्यकताबारे बोलेका छन् ।

‘जब तपाईं स्तरीय टोलीविरुद्ध चुनौतीपूर्ण सर्फेसमा खेल्दै हुनुहुन्छ भने तपाईं ब्याटलमा रहिरहनु पर्छ । ब्याट्सम्यानशिप भनेको आर्ट हो । त्यहाँ तपाईंले प्रस्तुत गर्ने स्किलले ठूलो भूमिका खेल्छ । ब्याटलमा रहिरहन आँट र हिम्मत चाहिन्छ’, पहिलो श्रृंखलाका तीन खेलमा हारेपछि प्रशिक्षक मन्टी देसाईले आइतबार पोस्ट म्याच कन्फेरेन्समा भने ।


उनले नेपाली ब्याट्सम्यानले एउटै गल्ती पटक पटक दोहोर्‍याएको बताए । ‘हामीले गल्तीबाट सिक्नुपर्छ, त्यसलाई दोहोर्‍याउनु हुँदैन । कप्तानले पनि यही भन्दै थिए । हामीले त्यही खेल फेरि दोहोर्‍यायौं’, देसाईले भने ।

विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय व्यहोर्‍याे ।

पराजित भएका सबै खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने जिम्मा पाएको थियो । यो श्रृंखलामा टस जित्ने सबै टोलीले पहिला बलिङ रोजेका थिए । नामिबियाले मात्र एक खेलमा टस हारेर खेल जितेको थियो । नेपाली टोलीले राम्रो सुरुवात गरेर पनि त्यसलाई पछिसम्म कायम राख्न सकेन । आशा गरिएका ब्याट्सम्यान अधिकांशले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

‘घरेलु मैदानमा हार्दा मन दु:ख्छ । तर, यदि तपाईं नम्बर एक एसोसिएट बन्ने लक्ष्य राखिरहनु भएको छ भने अवे गेमहरु पनि उत्तिकै राम्रो खेल्नुपर्छ’, देसाईले भने ।

टोलीले हारेपछि मन्टी आफैं कप्तानलाई लिएर पोस्ट म्याच कन्फेरेन्समा आउने गरेका छन् । तर, आइतबार भने मन्टी एक्लै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति