इन्जिनमा समस्या देखिएपछि धावनमार्गमा पुगिसकेको यतीको विमान पुनः ‘पार्किङ वे’मै फर्काइयो

Posted on: 26 Feb, 2024

फागुन १४, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३०  थियो ।

यति एयरलाइन्सले भने उक्त विमान मर्मतपछि विराटनगर पुगेर फर्किसकेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!