१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डलर देखाएर १० वर्षदेखि ठगी गर्दै आएका एक महिला सहित ३ जना पक्राउ

१४ फाल्गुन २०८०, सोमबार ०९:४६

फागुन १४, काठमाडौँ |काठमाडौं उपत्यकामा डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ठगी आरोपमा पक्राउ परेकाहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकै ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।

यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन्। उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइएको छ। 


रामबहादुरले डलर शंकरबाट लिन्थे। सस्तोमा डलर साटिदिने भनेर उनले ग्राहकहरूलाई खज्थे। सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट ग्राहक खोजेर उनीहरूले लोभ्याउने गर्थे। 

उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसरी डिल गरी ग्राहकलाई कुनै अनकन्टार ठाउँमा बोलाउने उनीहरूको आपराधिक शैली हो। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले बाहिर डलर राख्ने र भित्र त्यही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।

यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ। 

उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन्। ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ।’

उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायत जिल्लामा यसरी ठगी गर्ने गरेका थिए। प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ