२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डलर देखाएर १० वर्षदेखि ठगी गर्दै आएका एक महिला सहित ३ जना पक्राउ

२०८०, १४ फाल्गुन सोमबार ०९:४६

फागुन १४, काठमाडौँ |काठमाडौं उपत्यकामा डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ठगी आरोपमा पक्राउ परेकाहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकै ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।

यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन्। उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइएको छ। 


रामबहादुरले डलर शंकरबाट लिन्थे। सस्तोमा डलर साटिदिने भनेर उनले ग्राहकहरूलाई खज्थे। सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट ग्राहक खोजेर उनीहरूले लोभ्याउने गर्थे। 

उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसरी डिल गरी ग्राहकलाई कुनै अनकन्टार ठाउँमा बोलाउने उनीहरूको आपराधिक शैली हो। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले बाहिर डलर राख्ने र भित्र त्यही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।

यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ। 

उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन्। ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ।’

उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायत जिल्लामा यसरी ठगी गर्ने गरेका थिए। प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति