कप्तान रोहितले लिए विकेट, नामिबियालाई दोस्रो झड्का

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले जेपी कोट्जीलाई ११ रनमा आउट गरे ।

नामिबियाले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको छ ।

नामिबियाले ३६ रनमा पहिलो विकेट गुमाएको थियो । करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!