नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता, रोहितले लिए व्यक्तिगत दोस्रो विकेट

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौं | त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका छन्।

उनले ११ औँ ओभरको चौथो बलमा जान फ्राइलिङ्कलाई आउट गरे। नामिबियाले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ। रोहितले ३ ओभरमा १२ रन मात्र खर्चिएका छन्।

उनले नवौँ ओभरमा पनि विकेट लिएका थिए। पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको नामिबियाले ४९ रनको स्थितीमा दोस्रो विकेट गुमाएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!