१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेन्चुरी बैंक घोटाला प्रकरण : यी हुन् पक्राउ परेका सीईओसहितका कर्मचारीहरु

१५ फाल्गुन २०८०, मंगलवार १२:०४

फागुन १५, काठमाडौँ | तत्कालीन सेन्चुरी कमर्शियल बैंकमा गलत धितो मूल्यांकन गरी ऋण प्रवाह गरेको अभियोगमा दुई बैकरहरु मंगलबार पक्राउ परे। सेन्चुरी बैंकका पूर्व सीईओ रहेका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमशल धितोको आधारमा ऋण प्रवाह गरी सर्वसाधरणको रकम हिनामिना गरेको अभियोगमा बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तुलसी गौतम रहेका रहेका छन्। उनीहरुलाई पक्राउ गर्नुको पछाडी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परेका देउराली सहकारीका रविन्द्र चौलागाईको बयान हो। 

उनले धितोले नखाम्ने जग्गा राखेर सेन्चुरी कमर्शियल बैंकबाट ऋण लिएको बयान दिएपछि तत्कालीन समयमा सीईओको रुपमा रहेका उनीहरुलाई मंगलबार थप अनुसन्धानका लागि पक्राउ गरेको हो।

उनीहरुसँगै तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन्।

यीमध्ये ५ जना प्रभु बैंकका बालवाला कर्मचारी हुन्। ८० करोडको धितोमा २ अर्ब ऋण प्रवाह भएको देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

बैंकिङ ठगीमा यसअघि पनि विभिन्न बैंकको नेतृत्व तानिएका थिए। गोर्खा बैंक, किष्ट बैंक घोटला प्रकरणमा पनि उच्च अदालतमा बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो।   सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएको छ। प्रभु बैंकले उक्त बैंकबाट दिइएको ऋण असुलीका लागि लिलामी पनि निकालेको छ।

तत्कालीन सीईओहरु 

तुलसी गौतम

मनोज न्यौपाने 

कर्मचारीहरू

सविन घिमिरे

सुवास श्रेष्ठ

अनुपमा श्रेष्ठ

सुनिल बस्नेत

दिलिप बराल

दिपेश प्रधान

राजेश भण्डारी

रमन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ