१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उधारो नदिएको भन्दै पसल सञ्चालकलाई कुटपिट

१६ फाल्गुन २०८०, बुधबार ०८:४२

फागुन १६, धादिङ | सामान उधारो नदिएको भन्दै युवाहरूले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीस्थित एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्। 

किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर मंगलबार घाइते बनाएका हुन्। 

उनीहरूमाथि स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमालले कुटपिट गरेर घाइते बनाएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।

कुटपिटबाट घाइते भएका बाबुछोरालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएको छ। टाउकोमा चोट लागेका दुवैजनाको उपचारपछि घर फर्किएका छन्। 

यस घटनाबारेमा इलाका प्रहरी कार्यालय सल्यानटारले अनुसन्धान गरिरहेको छ। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ