२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको नारामा अश्लील इसारापछि साउदी लिगमा रोनाल्डोलाई एक खेलको प्रतिबन्ध

२०८०, १७ फाल्गुन बिहीबार ०७:०५

फागुन १७, काठमाडौं | क्रिस्टियानो रोनाल्डोमाथि साउदी व्यावसायिक लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ । उनी साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।

साउदी फुटबल महासंघ (साफ) को अनुशासन तथा आचार समितिले अल नासरले अल शबाबलाई ३-२ ले हराएपछि अश्लील इशारा गरेको देखिएपछि क्रिस्टियानो रोनाल्डोलाई एक खेलका लागि निलम्बन गरेको हो ।

एक खेलका क्रममा विपक्षी टोलीका समर्थकलाई लियोनल मेस्सीसँग जोडेर अश्लील इसारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । अल नासर र अल–सबाबबिचको खेलका क्रममा उक्त घटना भएको थियो ।


उक्त खेलका क्रममा अल–सबाबका समर्थकहरूले निरन्तर रूपमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको नाम उच्चारण गर्दै रोनाल्डोलाई गिज्याइरहेका थिए । त्यसपछि आक्रोशित बनेका ३९ वर्षीय रोनाल्डोले अल–सबाबका समर्थकतर्फ अस्वाभाविक इसारा गरेका थिए ।

सोही विषयलाई लिएर रोनाल्डोलाई साउदी व्यावसायिक लिगमा एक खेल खेल्न नपाउने गरी निलम्बन गरिएको हो । उक्त खेलमा रोनाल्डोको क्लब अल नासरले अल–सबाबलाई ३–२ गोलले हराएको थियो । खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थक थप आक्रोशित बनेका थिए । साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेलका लागि निलम्बन गर्ने निर्णय लिएको हो ।

यसका अतिरिक्त रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डोले साउदी फुटबल महासंघलाई १० हजार साउदी रियाल जरिवाना पनि तिर्नुपर्ने भएको छ । साथै रोनाल्डोले अल–सबाब क्लबलाई पनि २० हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

उक्त घटनापछि साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोसँग बयान पनि लिएको थियो । आफ्नो बयानमा रोनाल्डोले अल–सबाबलाई हराएपछि खुशी मनाउने क्रममा त्यो घटना भएको बताएका थिए । उनले युरोपेली फुटबलमा यस्ता घटना सामान्य भएको दाबी पनि उनले गरेका थिए ।

रोनाल्डो साउदी व्यावसायिक लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । जारी सिजनको लिगमा उनले हालसम्म २२ गोल गरिसकेका छन् । उनी सन् २०२२ को विश्वकप फुटबलपछि म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति