१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको नारामा अश्लील इसारापछि साउदी लिगमा रोनाल्डोलाई एक खेलको प्रतिबन्ध

१७ फाल्गुन २०८०, बिहीबार ०७:०५

फागुन १७, काठमाडौं | क्रिस्टियानो रोनाल्डोमाथि साउदी व्यावसायिक लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ । उनी साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।

साउदी फुटबल महासंघ (साफ) को अनुशासन तथा आचार समितिले अल नासरले अल शबाबलाई ३-२ ले हराएपछि अश्लील इशारा गरेको देखिएपछि क्रिस्टियानो रोनाल्डोलाई एक खेलका लागि निलम्बन गरेको हो ।

एक खेलका क्रममा विपक्षी टोलीका समर्थकलाई लियोनल मेस्सीसँग जोडेर अश्लील इसारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । अल नासर र अल–सबाबबिचको खेलका क्रममा उक्त घटना भएको थियो ।


उक्त खेलका क्रममा अल–सबाबका समर्थकहरूले निरन्तर रूपमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको नाम उच्चारण गर्दै रोनाल्डोलाई गिज्याइरहेका थिए । त्यसपछि आक्रोशित बनेका ३९ वर्षीय रोनाल्डोले अल–सबाबका समर्थकतर्फ अस्वाभाविक इसारा गरेका थिए ।

सोही विषयलाई लिएर रोनाल्डोलाई साउदी व्यावसायिक लिगमा एक खेल खेल्न नपाउने गरी निलम्बन गरिएको हो । उक्त खेलमा रोनाल्डोको क्लब अल नासरले अल–सबाबलाई ३–२ गोलले हराएको थियो । खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थक थप आक्रोशित बनेका थिए । साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेलका लागि निलम्बन गर्ने निर्णय लिएको हो ।

यसका अतिरिक्त रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डोले साउदी फुटबल महासंघलाई १० हजार साउदी रियाल जरिवाना पनि तिर्नुपर्ने भएको छ । साथै रोनाल्डोले अल–सबाब क्लबलाई पनि २० हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

उक्त घटनापछि साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोसँग बयान पनि लिएको थियो । आफ्नो बयानमा रोनाल्डोले अल–सबाबलाई हराएपछि खुशी मनाउने क्रममा त्यो घटना भएको बताएका थिए । उनले युरोपेली फुटबलमा यस्ता घटना सामान्य भएको दाबी पनि उनले गरेका थिए ।

रोनाल्डो साउदी व्यावसायिक लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । जारी सिजनको लिगमा उनले हालसम्म २२ गोल गरिसकेका छन् । उनी सन् २०२२ को विश्वकप फुटबलपछि म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ