सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एकजना पक्राउ

Posted on: 29 Feb, 2024

फागुन १७, काठमाडौं | सुनजस्तो देखिने पहेँलो रङको धातुको पत्थर जडित गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठ छन् ।

नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट बुधबार राति उनी काठमाडौं आएका थिए । करिब ४६ ग्राम २० मिलिग्राम तौलको औँठी दुईथान र ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री एकथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाइन्टको गोजीमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको उक्त धातुसहित विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!