श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पार्ने श्रीमती पक्राउ

Posted on: 29 Feb, 2024

फागुन १७, काठमाडौं | सिन्धुलीमा श्रीमतीले श्रीमान्को जिब्रो टोकेर दुई टुक्रा बनाइदिएकी छन् ।

जिल्लाको कमलामाई नगरपालिका –६ रातमाटा बस्ने ३६ वर्षका सुरेश आले मगरको जिब्रो काटिएको हो ।

सामान्य घरायसी विवादका कारण आफ्नै श्रीमतीबाट उनले जिब्रो गुमाउनु परेको हो ।

आले मगरकी श्रीमती गङ्गा आले मगरले श्रीमानको जिब्रो टोकिदिँदा जिब्रो दुई टुक्रा भएको छ ।

आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछि आले मगर अहिले थप उपचारको लागी धुलिखेल अस्पताल भर्ना भएका छन ।

मादक पदार्थ सेवन गरि श्रीमानको जिब्रो टोकेर छिनालिदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आले मगर दम्पती दुवैले मादक पदार्थ सेवन गरि सामान्य घरायसी विवादका कारण उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

जिब्रो टोक्ने गङ्गा आले मगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!