शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

Posted on: 29 Feb, 2024

फागुन १७, काठमाडौं | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबारदेखि ४ दिनको लागि हिरासतमा राख्न अनुमति दिएको हो ।


‘म्याकुरी’ले प्रहरी वृत्त महाराजगन्जमा ब्ल्याकमेलिङ र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले बुधबार वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।

‘म्याकुरी’की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन् ।

त्यसपछि शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेका थिए । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको आरोप छ । सो भिडिओ देखाएर शर्मिलाले २५ लाख रुपैयाँ बार्गेनिङ गरेको म्याकुरीले आरोप लगाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!