१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेलबारी दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

१८ फाल्गुन २०८०, शुक्रबार ०५:२७

फागुन १८, विराटनगर | मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तीन पुगेको हो ।

ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा तिन जनाको मृत्यु भएको हो । बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ जाँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार, बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रु बाहक बसमा पनि सुमो ठोकिएकाे छ ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र वर्ष ४४ की दिपा खनाल छन् । दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने सुमो चालकको झापाको बिर्तामोड २ बस्ने ३६ वर्षका कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले बताए ।

अन्य दुई जनाको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । थप एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ