१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाइट क्लवकी कर्मचारीमाथि सामूहिक बलात्कार, ट्याक्सी चालक पक्राउ

१८ फाल्गुन २०८०, शुक्रबार ०८:५०

फागुन १८, काठमाडौँ  | काठमाडौंमा नाइट क्लवकी कर्मचारीमाथि बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् ।

 काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्‍याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । अर्का २९ वर्षीय दीपकबहादुर श्रेष्ठमाथि पनि बलात्कारको आरोप लागेको छ ।

घटना गत माघ २० गतेको हो । जाहेरवालाले आफू क्लबमा आउने ग्राहकहरुसँग बसेर मदिरा सेवन गर्ने गरेको उल्लेख गरेकी छन् । राति काम सकेर क्लबमा काम गर्ने ५ जना युवतीलाई बिहान साढे ४ बजे ट्याक्सीमा राखेर पदमले घर पुर्‍याउने क्रममा आफूलाई भने गोठाटारस्थित शैलुङश्वरी होटल एन्ड लजमा पुर्‍याएर उनीसहितले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । जाहेरवालाले माघ २० गते अपरान्ह ४ बजेमात्र मदिराले छोडेर आफ्नो होस खुल्दा नग्न अवस्थामा पाएपछि बलात्कृत भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छन् ।

पक्राउ परेका पदमको दाबीअनुसार घर पुर्‍याउने क्रममा जाहेरवाला ट्याक्सीबाट बाहिर निस्कनै सक्ने अवस्थामा नभएकाले जम्बु डाँडामा पुगेर सार्वजनिक स्थानमा पार्किङ गरेका थिए । त्यति बेलै उनका साथी दीपक प्राइभेट कार लिएर त्यहाँ पुगेका थिए । उनले ट्याक्सीभित्र युवती देख्नेबित्तिकै होटल जाने आशय व्यक्त गरेर उनले होटल लगेको दाबी गरेका छन् । पछि जाहेरवालाले नै बोलाएपछि आफू उनी बसेको कोठामा पुगेको उनको दाबी छ । पदमका अनुसार जाहेरवालाकै आग्रहमा उनीहरुबीच शारीरिक सम्पर्क भएको थियो ।

यो घटनामा सुजन भने फरार छन् । दुवै जनाविरुद्ध ७ देखि १० वर्षसम्म कैद सजाय माग गरेर अभियोगपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ