१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भागबण्डा नमिल्दा मधेश प्रदेशको ३ पालिका अझै बजेटविहीन

१८ फाल्गुन २०८०, शुक्रबार ११:४१

फागुन १८, रौतहट | फागुनको दोस्रोसाता बितिसक्दा पनि मधेस प्रदेशका तीन पालिकाले अझै बजेट ल्याउन सकेका छैनन्। आपसी भागबण्डा मिल्न नसकेको कारण प्रदेशको  १३६ मध्ये तीनवटा पालिकाले फागुन १८ गतेसम्म आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट ल्याउन नसकेका हुन् । 

बजेट ल्याउन नसकेका मध्ये रौतहटको एक र सर्लाहीको दुई पालिका रहेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र  चन्द्रनगर गाउँपालिकाले  बजेट ल्याउन सकेका छैन ।


फतुवा बिजयपुर नगरपालिकाको नेपाली कांग्रेसका निर्वाचित मेयर गोपाल राय यादव अख्तियारले नदीको टेन्डरमा दोषी ठहर गर्दा विशेष अदालतले तीन बर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि गत आर्थिक बर्षमा उनी पद च्युत भएका थिए । कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको प्रयासमा निर्धारित समयभन्दा ७ महिना ढिलो यही  ३ फागुनमा  सातौं नगरसभा सम्पन्न भएको थियो।

तर, बाँकी प्रक्रिया हालसम्म मिल्न नसकेको कारण फतुवा विजयपुर यस आवको बजेट हालसम्म आउन सकेको छैन। असार १० भित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँका शिक्षक कर्मचारी गरी झन्डै साढे तीनसय मानिसले हालसम्म तलब पाउन सकेका छैनन्।

त्यसैगरी आन्तरिक बिवादको कारण भन्दै सर्लाहीको हरिपूर्वा र चन्द्रनगराले बजेट ल्याउन सकेको छैन। तलबको माग गर्दै पछिल्लो १८ दिनदेखि हरिपूर्वाका कर्मचारी तथा शिक्षक दैनिक पालिकाअगाडि धर्नामा बस्दै आएका छन्। त्यस्तै चन्द्रनगरको पनि आर्थिक गतिविधि प्रायः ठप्प भएको स्थानीय सञ्चारकर्मी मुकेश झाले बताएका छन्।

पालिकाहरुले विभिन्न राजनीतिक, प्राविधिक जे जस्तो कारण देखाए पनि मधेश प्रदेशमा समयमा नगरसभा नहुनु अर्थात् ढिलो गरी हुनुको प्रमुख कारण निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू बीच बजेटको भागबण्डा नमिल्नु नै मुख्य कारण रहेको जानकारहरूको ठम्याई छ।

देशभरिको  कुल ७ सय ५३ स्थानीय तहमध्ये मात्र तीन स्थानिय तहले चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि  बजेट पेश गर्न सकेको छैन। ।

स्थानीयतहले समयमा बजेट ल्याउन नसक्दा प्रदेश सरकार तथा संघ सरकारबाट पाउने अनुदानमा कटौती हुने गर्दछ भने ढिलो गरी बजेट ल्याउँदा सदुपयोग हुने सम्भावना झिनो हुने गर्दछ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने र असार मसान्तसम्ममा पास गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ