फागुन १८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठान झिम्रुक गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाडौँ तार्केश्वर न.पा. वडा नं. १० मनमैजु बस्ने ३८ वर्षीय दामोदर पोखरेल रहेको प्रहरीले जनाएको छ।
उनले सुवास गुरुङलाई वैदेशिक रोजगारीका लागि यु.के. पठाईदिने त्यसको लागि छ लाख रुपैयाँ लाग्ने र यु.के. पुगेपछि मासिक रु. एक लाख रुपैयाँ तलव हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा दुई लाख रुपैयाँ लिई सम्पर्क विहीन भएपछि प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा खोजतलासका क्रममा पोखरेललाई सामाखुशीबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरीले जानकारी दिए। उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।