२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युके पठाईदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८०, १८ फाल्गुन शुक्रबार १२:००

फागुन १८, काठमाडौँ  | वैदेशिक रोजगारीका लागि युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठान झिम्रुक गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाडौँ तार्केश्वर न.पा. वडा नं. १० मनमैजु बस्ने ३८ वर्षीय  दामोदर पोखरेल रहेको प्रहरीले जनाएको छ।

उनले सुवास गुरुङलाई वैदेशिक रोजगारीका लागि  यु.के. पठाईदिने त्यसको लागि  छ लाख रुपैयाँ लाग्ने र यु.के. पुगेपछि मासिक रु. एक लाख रुपैयाँ तलव हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा दुई लाख रुपैयाँ लिई सम्पर्क विहीन भएपछि प्रहरीमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा  खोजतलासका क्रममा पोखरेललाई सामाखुशीबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरीले जानकारी दिए। उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो