२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नारायणी नदी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

२०८०, २० फाल्गुन आईतवार ०३:१०

फागुन २०, चितवन | भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ । आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो ।

आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा आदिवासी जनजाति महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । “वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ”, उनले भने, “यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।” महोत्सवलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको उनले बताए । महोत्सवबाट आदिवासी जनजाति सांस्कृतिक हिसाबले पनि एकतामा रहेको सन्देश फैलाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक स्टल रहनेछ । चैत ९ गतेदेखि महोत्सव लगाउने निश्चित भइसकेको हुँदा तयारीलाई तीव्र पारिएको उनले बताए । भरतपुर महानगरपालिकाबाट अनुमति पाइसकेपछि हामी तयारीलाई नै तीव्रता दिइरहेको उनले बताए । कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउनेगरी तयारी थालिएको उनले बताए।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७  आदिवासी जनजाति समुदाय बसोबास गर्दछन् । ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिए । “महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै सङ्घसंस्थाको प्रतिनिधित्व हुने छ”, उनले भने, “सबै जातजातिले आ–आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन् ।”

यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागेको उनले बताए । “स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ”, उनले भने।  भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा हुन गइरहेको यस महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति