२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२० वर्षका युवाको समूहले अनलाइनमार्फत ठगी गर्‍यो आधा करोड

२०८०, २० फाल्गुन आईतवार ०७:३९

फागुन २०, काठमाडौं | २० वर्षदेखि २४ वर्ष उमेर समूहका चार युवक मिलेर आधा करोड रुपैयाँ ठगी गरेको पाइएको छ। ठगी आरोपमा चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेहरुमा सर्लाहीको विष्णु गाउँपालिका–४ का २० वर्षीय सिद्धार्थकुमार सिंह, सोही ठाउँकै २१ वर्षीय आदित्यकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका–११ का २२ वर्षीय राम सेवक रामर पर्साको वीरगञ्ज महानगरपालिका–१५ का २४ वर्षीय आकाश साह सोनार छन्।


उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमो, भाइबर, टिकटक, इन्स्टाग्राम लगायत एपहरुको प्रयोग गरी उनीहरु ठगी गरेको गरेको भन्दै उजुरी परेको थियो। 

सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने र साथी बनाई कुराकानी गर्ने, त्यसपछि विभिन्न प्रलोभन देखाएर रकम माग गर्ने तथा डिपोजिट गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुले महँगो ब्राण्डका मोबाइलहरु सस्तोमा खरिद बिक्री गर्ने बताउँदै भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै विश्वास दिलाएर ठगी गर्ने गरेका थिए। 

यसरी उनीहरुले ५ जनाबाट मात्रै ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो। उनीहरुले एटिएममार्फत पनि रकम भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति