२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भीपीएन प्रयोग गरेर किशोरीको चरित्रहत्या गर्ने २२ वर्षीय युवक पक्राउ

२०८०, २० फाल्गुन आईतवार ०९:४३

फागुन २०, काठमाडौं |  भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गरेर नाबालिग किशोरीको चरित्रहत्या गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ गोल्खुपाखा बस्ने वर्ष २२ का सुमन खत्री रहेका छन् । 

खत्रीले सामाजिक सञ्जाल फेसबुकमा नाबालिग किशोरीले पोस्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आइडीबाट किशोरीको फोटो प्रयोग गरी अश्लील क्याप्सन लेख्नेका साथै आफन्तहरूलाई पठाउने गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षकका दीपक राज अवस्थीले जानकारी दिए । 

 अश्लील तस्बिर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको भन्दै किशोरीको काकाको निवेदनका आधारमा अनुसन्धान गर्दा खत्रीको संलग्नता खुलेको अवस्थीको भनाइ छ । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा ब्युरोबाट खटिई गएको टोलीले गोल्खुपाखाबाटै पक्राउ गरी ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । उनले अर्काको चरित्र हत्या गर्नकै लागि भीपीएन प्रयोग गरेर साइबर अपराध गरेको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति