१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भीपीएन प्रयोग गरेर किशोरीको चरित्रहत्या गर्ने २२ वर्षीय युवक पक्राउ

२० फाल्गुन २०८०, आईतवार ०९:४३

फागुन २०, काठमाडौं |  भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गरेर नाबालिग किशोरीको चरित्रहत्या गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ गोल्खुपाखा बस्ने वर्ष २२ का सुमन खत्री रहेका छन् । 

खत्रीले सामाजिक सञ्जाल फेसबुकमा नाबालिग किशोरीले पोस्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आइडीबाट किशोरीको फोटो प्रयोग गरी अश्लील क्याप्सन लेख्नेका साथै आफन्तहरूलाई पठाउने गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षकका दीपक राज अवस्थीले जानकारी दिए । 

 अश्लील तस्बिर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको भन्दै किशोरीको काकाको निवेदनका आधारमा अनुसन्धान गर्दा खत्रीको संलग्नता खुलेको अवस्थीको भनाइ छ । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा ब्युरोबाट खटिई गएको टोलीले गोल्खुपाखाबाटै पक्राउ गरी ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । उनले अर्काको चरित्र हत्या गर्नकै लागि भीपीएन प्रयोग गरेर साइबर अपराध गरेको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ