२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शहबाज शरीफ चुनिए पाकिस्तानको नयाँ प्रधानमन्त्री

२०८०, २० फाल्गुन आईतवार १०:१४

फागुन २०, काठमाडौं |  शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चुनिएका छन् । उनी पाकिस्तानको २४ औं प्रधानमन्त्री बनेका हुन् ।

पाकिस्तानी संसदमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इमरान खानको तहरीक ए इन्साफ समर्थित उम्मेदवार उमर अयूबले ९२ मत पाए ।


पाकिस्तानमा हालै भएको चुनावमा तहरीक ए इन्साफ समर्थित स्वतन्त्र उम्मेदवारले अधिक सिट जितेका थिए । नवाज शरीफको पीएमएल एन दोस्रो नम्बरमा रहेको थियो ।

बिलावल भुट्टो जर्दारीको पीपीपीसँग मिलेर शरीफले सरकार बनाएका हुन् । नवाज सरीफले प्रधानमन्त्री पदको दौडबाट आफूलाई बाहिर राखेपछि शहबाज चुनिएका हुन् ।

पीपीपीलाई राष्ट्रपति लगायतका पद दिने सम्भावना रहेको बताईन्छ । मार्च ९ तारिखमा पाकिस्तानमा राष्ट्रपति चयन हुनेछ । आसिफ अली राष्ट्रपतिको प्रत्याशी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ