१३ वर्षीय बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं |  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!