२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कन्सर्टमा एलिनालाई साउन्ड टेक्निसियनले ‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ भनेपछि…(भिडिओ)

२०८०, २१ फाल्गुन सोमबार १०:५३

फागुन २१, काठमाडौं | गायिका एलिना चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद भएको छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुत दिन एलिना हिजो साँझ पुगेकी थिइन् ।

सुरुबाटै कार्यक्रममा साउन्ड सिस्टम राम्रो थिएन । पानी परिरहेको भन्दै टेक्निसियनले मोनिटर नराखेपछि एलिनालाई गाउन सकस परेको थियो । दर्शकहरूले हुटिङ पनि गरेका थिए । एलिनाले दर्शकलाई फकाउँदै केही गीत गाइन् । तर, अन्तिम गीत गाउनु भन्दा अगाडि उनी रोकिइन् ।

‘धोकेबाज गायिका भएर होला साउन्डले पनि धोका दिएको,’ उनले माइकमा नै ठट्टा गर्दै भनिन् । दर्शक हो… हो… भन्दै कराए ।

एलिनाले आफ्नो प्रस्तुति अन्त्य गर्न खोजिन् । तर, दर्शकले थप डिमान्ड गर्न थाले ।

‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् ।

तर, साउन्ड टेक्निसियनले भने एलिनालाई नै दोष देखाए ।

उनले भने, ‘पहिले तपाईँ आफ्नो भोकललाई क्लीयर गर्नु अनि हामीसँग लेबल माग्नु ।’

टेक्निसियनको जवाफले एलिना थप असन्तुष्ट बनिन् ।

उनले भनिन्, ‘तपाईँको बोल्ने ढंग सुधार्नु बुझ्नु भो ? आफ्नो गल्ती देख्नुहुन्न ? यहाँ उभिएर एकचोटि हेर्नु त ।’

टेक्निसियनले फेरि उही जवाफ दोहोर्‍याए ।

‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ उनले भने ।

भनिन्, ‘तपाईँ मलाई सिकाउनु पर्दैन बुझ्नुभयो ? नाच्न नजान्ने आँगन टेढो भनेको यही हो । साउन्ड मिलाउन आउँदैन ?’

त्यसपछि एलिनाले आयोजकका व्यक्तिहरूसँग कुरा गरिन् । साउन्डमा सुधार नभएपछि उनले अन्तिम गीत गाउन सकिनन् । उद्घोषले एलिनालाई धन्यवाद दिए । एलिनालाई सेक्युरिटी दिएर त्यहाँबाट बाहिर निकालियो ।

एलिना गइसकेपछि साउन्ड टेक्निसियनमाथि दर्शक खनिएका थिए । उनीमाथि हातपात पनि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ