२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालुवाटारबाट केपी ओलीले गरे माधव नेपाललाई टेलिफोन

२०८०, २२ फाल्गुन मंगलवार ०५:५९

फागुन २२, काठमाडौं | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुगेका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् । 


एमालेलाई विभाजित गरेको भन्दै सार्वजनिक रुपमै आक्रोश व्यक्त गर्दै आएका अध्यक्ष ओली र अध्यक्ष नेपालबीच एउटै मञ्चमा हुँदासमेत नदेखेकोजस्तो गर्ने गरेका थिए । 

तर, यो अवस्थालाई अन्त्य गर्दै अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

सोमबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेका हुन् । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुले एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरे ।

उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराएका थिए । आफू आउन नसकेको भन्दै ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गरे । 

जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति