१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलमा हिज्बुल्लाहको हमला : एक भारतीयको मृत्यु, अन्य २ जना घाइते

२२ फाल्गुन २०८०, मंगलवार ०८:४५

फागुन २२, काठमाडौं | इजरायलमा लेबननस्थित चरमपन्थी समूह हिज्बुल्लाहले गरेको एक हमलामा परेर भारतीय नागरिक मारिएका छन्। यो घटनाको पुष्टि नयाँ दिल्लीस्थित भारतीय दूतावासले गरेको छ। 

इजरायलले आफ्नो गाउँमा हिज्बुल्लाहले गरेको रकेट हमलामा भारतीय नागरिक मारिएकोमा दु:ख व्यक्त गरेको छ।

यस हमलामा अरु दुईजना भारतीय पनि घाइते भएका छन्। उनीहरू भारतको केरलबाट इजरायल पुगेको खुलेको छ।


उत्तरी इजरायलको मार्गालियोत गाउँमा लेबनानबाट गरिएको रकेट हमलापछि हताहती भएको हो। हिज्बुल्लाहले हानेको यो एन्टी ट्यांक मिसाइल एउटा बगैँचामा खसेको थियो। त्यही क्रममा बगैँचामा काम गरिरहेका भारतीय परेका थिए। 

हमलामा कोल्लममा रहेका पेटनीबिन म्याक्सवेलको मृत्यु भयो। अर्कातिर बुश जोसफ जर्ज र पल मेलभिन घाइते भए। उनीहरूलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको छ।

भारतमा इजरायली दूतावासले ट्वीटरमा लेख्दै भनेको छ, 'उत्तरी मार्गालियोत गाउँमा एक बगैँचामा खेती गरिरहेका कृषि श्रमिकमाथि शिया आतंकवादी संगठन हिजबुल्लाहको तर्फबाट गरिएको कायरतापूर्ण हमलाका कारण एक भारतीय नागरिकको मृत्यु र दुईजना घाइते भएकोमा स्तब्ध र दु:खी छौँ। हामी मृतकका परिवारप्रति समवेदनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’

७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो। जसमा करिब १२ सय इजरायली नागरिक मारिएका थिए।

जवाफमा इजरायलले हमला थालेको थियो। त्यसका कारण अहिलेसम्म महिला र बालबालिकासहित ३० हजार बढी प्यालेस्टाइनबासीले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ