२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चुनाव हारेकी श्रीमती राष्ट्रिय सभामा नजाने निश्चित भएपछि मसालले नवगठबन्धनको विरोध: सूर्य थापा

२०८०, २२ फाल्गुन मंगलवार ०९:३५

फागुन २२, काठमाडौं | पुरानो ७ दलीय गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग मिलेर बनाएको नयाँ गठबन्धनको विरोध जनाएपछि नेकपा मसालप्रति एमाले नेता सूर्य थापाले कडा टिप्पणी गरेका छन् ।

सोमबार बनेको नयाँ गठबन्धनलाई मसालले विरोध जनाएको थियो । मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिगमनलाई बल पुग्ने गरी गठबन्धन बनेको भन्दै आपत्ति जनाएका थिए

मसालको विज्ञप्तिपछि एमाले नेता थापाले महामन्त्री सिंहले आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा लैजान गरेको प्रयास असफल भएपछिको रियाक्सन भनेका छन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी पूर्व सांसद दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न मसालले माग गर्दै आएको थियो ।


एमाले नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव हारेकी श्रीमती राष्ट्रिय सभा सदस्य नहुने निश्चित भएपछि त फेरि प्रतिगमनलाई बल पुग्ने नै भयो, मगन्ते हुनुको दुःख छ राजनीतिमा …उडायो सबै सपना हुरीले।’

पौडेल मसालका महामन्त्री सिंहकी श्रीमतीसमेत हुन् । ०७४ मा वाम गठबन्धनबाट प्युठानमा उम्मेदवार बनेर प्रतिनिधि सभामा आएकबी उनी गत वर्ष भने प्युठानबाटै एमाले नेता थापासँग भारी मतले पराजित भएकी थिईन् । प्रतिनिधि सभामा पराजित पौडेललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गराएर राष्ट्रिय सभामा लैजाने प्रयास भएको थियो । तर, सोमबार पूरानो गठबन्धन दुर्घटनामा परेपछि पौडेलको राष्ट्रिय सभाको यात्रामा ब्रेक लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति