भक्तपुरका प्रहरी डिएसपी पाठकमाथि दुव्र्यवहारको आरोप

Posted on: 05 Mar, 2024

फागुन २२, भक्तपुर | जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना डिएसपीमाथि दुव्र्यवहारको आरोप लागेको छ ।

परिसरका डिएसपी एवं सूचना अधिकृत बसन्त पाठकमाथि दुव्र्यवहारको आरोप लागेको हो ।

पाठकले सेवाका क्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप एकजना पीडितले लगाएका हुन् ।


उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी परिसरका पाठकले आफूलाई लछारपछार गरी कार्यालयबाट बाहिर पठाएको आरोप लगाएका छन् ।  

पुलिस रिर्पोटकोबारेमा छलफल गर्न जादाँ आफुलाई परिसरका डिएसपी पाठकले दुव्र्यवहार गरी उनको कोठाबाट मात्रै नभई कार्यालयबाटै निकालेको राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा सम्मेलन गर्दै पीडीतले सेवा लिन प्रहरीकोमा जादाँ अपमानित हुनु परेकोमा दुःख व्यक्त गरे ।

उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटका कृष्णबहादुर वाइवा आफ्ना छिमेकी विनोद तामाङ्गको पुलिस रिर्पोट बारेमा कुरा गर्न गएका थिए ।

उक्त क्रममा केही मिनेट हुन नपाउदैं आफुलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको पत्रकार सम्मेलनमा पीडितले बताए ।

“तैले के गर्न सक्छस गर” भन्दै “डीएसपी सरले हामीमाथी दुव्र्यवहार गर्नुभयो,” वाइवाले भने । तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइवाको आरोप छ ।

नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ ?  छैन भन्ने प्रहरीले छुट्टाउनु पर्ने उनको भनाई थियो । केही समस्या परेर पुलिस कहाँ जादाँ जनता सुरक्षित हुदैंनन् भने कहाँ जाने ? उनले प्रश्न गरेका छन् ।

६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसंग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिर्पोट नदिएको पीडित युवा विनोद तामाङ्गको भनाई छ ।

विगतमा एक पटक आफु पुलिस रिर्पोट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जाने क्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ ।

“नाम मात्रै मिलेको भएर मलाई दुःख दिइनु राम्रो होइन,” विनोदले भने । पीडितले सेवाग्राहीमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरी जनताको सेवा पाउने अधिकारबाट बन्चित नगर्न सम्बन्धित पक्षसंग उनीहरुले आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!