२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुरका प्रहरी डिएसपी पाठकमाथि दुव्र्यवहारको आरोप

२०८०, २२ फाल्गुन मंगलवार ११:४६

फागुन २२, भक्तपुर | जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना डिएसपीमाथि दुव्र्यवहारको आरोप लागेको छ ।

परिसरका डिएसपी एवं सूचना अधिकृत बसन्त पाठकमाथि दुव्र्यवहारको आरोप लागेको हो ।

पाठकले सेवाका क्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप एकजना पीडितले लगाएका हुन् ।


उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी परिसरका पाठकले आफूलाई लछारपछार गरी कार्यालयबाट बाहिर पठाएको आरोप लगाएका छन् ।  

पुलिस रिर्पोटकोबारेमा छलफल गर्न जादाँ आफुलाई परिसरका डिएसपी पाठकले दुव्र्यवहार गरी उनको कोठाबाट मात्रै नभई कार्यालयबाटै निकालेको राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा सम्मेलन गर्दै पीडीतले सेवा लिन प्रहरीकोमा जादाँ अपमानित हुनु परेकोमा दुःख व्यक्त गरे ।

उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटका कृष्णबहादुर वाइवा आफ्ना छिमेकी विनोद तामाङ्गको पुलिस रिर्पोट बारेमा कुरा गर्न गएका थिए ।

उक्त क्रममा केही मिनेट हुन नपाउदैं आफुलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको पत्रकार सम्मेलनमा पीडितले बताए ।

“तैले के गर्न सक्छस गर” भन्दै “डीएसपी सरले हामीमाथी दुव्र्यवहार गर्नुभयो,” वाइवाले भने । तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइवाको आरोप छ ।

नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ ?  छैन भन्ने प्रहरीले छुट्टाउनु पर्ने उनको भनाई थियो । केही समस्या परेर पुलिस कहाँ जादाँ जनता सुरक्षित हुदैंनन् भने कहाँ जाने ? उनले प्रश्न गरेका छन् ।

६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसंग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिर्पोट नदिएको पीडित युवा विनोद तामाङ्गको भनाई छ ।

विगतमा एक पटक आफु पुलिस रिर्पोट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जाने क्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ ।

“नाम मात्रै मिलेको भएर मलाई दुःख दिइनु राम्रो होइन,” विनोदले भने । पीडितले सेवाग्राहीमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरी जनताको सेवा पाउने अधिकारबाट बन्चित नगर्न सम्बन्धित पक्षसंग उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ