२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कृष्ण कँडेलविरुद्धको करणी मुद्दा फिर्ता

२०८०, २३ फाल्गुन बुधबार ११:२३

फागुन २३, काठमाडौँ | लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । 

काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने  पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ ।


इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । 

अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिइएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण