१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शशाङ्क कोइराला भन्छन्- गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ

२४ फाल्गुन २०८०, बिहीबार ०६:५४

फागुन २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता शशाङ्क पौडेलले माओवादीसँगको गठबन्धन टुटेकोमा आफू खुसी भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन टुट्नुमा ‘ब्लेसिङ्ग इन डिस्गाइज’ लुकेको खुसी मिलेको बताए । उनले भने, ‘मेरा लागि खुसीको कुरा हो । जति सुकै भोट आओस् कांग्रेस लड्छ ।’

उनले कांग्रेसले कुनै हालतमा पनि कुनै दलहरूसँग पनि गठबन्धन गर्न नहुने बताए ।

उनले भने, ‘२०४६ सालमा पनि वामपन्थीहरुसँग कांग्रेस मिलेर ठुलो गल्ती गरेको थियो । हामीले अहिले पनि ठुलो गल्ती गरिरहेका थियौ । अहिले ठिक भएको छ । मलाई त गठबन्धन टुटेर धेरै खुसी मिलेको छ । हामीले कम्युनिस्ट स्थापित गरिरहेका छौ । ४६ सालको आन्दोलन सकिँदा सबै अञ्चलाधीशहरू थिए ।राजाहरूले कांग्रेसलाई सक्न पञ्चायतमा कम्युनिष्टहरुलाई मिलाए । दरबारले कांग्रेससँग भिड्न कम्युनिस्ट बनाए । अहिले हामी उनीहरूसँगै गठबन्धन गरेर हिँडिरहेका छौ ।’

उनले नेपाली कांग्रेस अब एक बनाएर अगाडि बढ्ने बताए । उनले प्रतिपक्षमा बसेर कडा रूपमा भूमिका खेल्ने बताए ।

उनले देशको धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुने बताए । उनले देशको धर्म सधैँ स्वतन्त्र हुने दाबी गरे । अहिलेको गठबन्धन टुट्नुमा सत्ताको खेल मात्रै भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ