१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद

२४ फाल्गुन २०८०, बिहीबार ०९:५८

फागुन २४, इलाम | बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।

अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै विसं २०७९ वैशाख १६ र जेठ २९ मा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए । विसं २०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुष्टि गरेको थियो । घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो ।

गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड ९डिएनए० विधिविज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ ।

अदालतले यही फागुन १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो । फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ । घटनाका थप दुई आरोपी भने बालिकामाथि करणी गरेको पुष्टि नभएपछि सफाइ पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ