१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डडेलधुरामा सुन चोर्ने अभियुक्त, रौतहटमा पक्राउ

२५ फाल्गुन २०८०, शुक्रबार ११:१२

फागुन २५, रौतहट | डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्।

केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरि गरि वारदात पछी फरार रहेका दुवैजना लाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ।


ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको  कमाण्डमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र  सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाईएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन। डडेलधुराबाट आएका इन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो। अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटना बारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मा लाई पूर्ण जानकारी रहेको थियो। तर ईनले प्रहरी लाई असहयोग गरेको कारण दुबैजना लाई पक्राउ गरिएको ईन्सपेक्टर नायकले जानकारी दिएका छन। दुवैजना लाई डडेलधुरामा आवश्यक कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपी लाई रौतहट बाट पक्राउ गरी लैजानु लाई प्रहरीको सक्रियताको जानकारहरुले सराहना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड