२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१४५ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने (सूचीसहित)

२०८०, २५ फाल्गुन शुक्रबार १२:०८

फागुन २५, काठमाडौँ | सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वाथ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नवीकरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्षसम्मका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न नवीकरण गरेको हो ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव एवम रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलका अनुसार वैदेशिक रोजगारमा जाने कामदारले विदेश जानु अघि गर्ने स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले सूचीकरण नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पौष एक गतेदेखि पौष मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयमा सूचीकरण भएका स्वास्थ्य संस्थामध्ये निर्धारित समयभित्र तोके बमोजिमको दस्तुर, कागजात एवम विवरणसहित निवेदन पेश गरेका स्वास्थ्य संस्था कार्यविधिको दफा ६ मा रहेको अनुगमन तथा निरीक्षणको व्यवस्था बमोजिम अनुगमन गर्दा १४५ स्वास्थ्य संस्थाको माघ १६ गतेदेखि २०८३ माघ १५ गतेसम्मका लागि सूचीकरण नवीकरण गरिएको प्रवक्ता पोखरेलले बताए ।

यस्तो छ सूचीः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ